सिवाईवी नेपाल लघुवित्तको सीईओमा श्रेष्ठ नियुक्त
२२ वैशाख, काठमाडौं । सिवाईवी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा राधेश्याम श्रेष्ठ नियुक्त हुनुभएको छ । वैशाख १७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले श्रेष्ठलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
श्रेष्ठलाई जेठ १५ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गरिएको हो । यसअघिका संस्थाको सीईओ डोलिन्द्र प्रसाद शर्माले गत चैत ४ गते राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा चैत २४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।
प्रकाशित मिति : 11:38









