३ भदौ २०८३, बुधबार | Wed Aug 19 2026

बुक बिल्डिङ विधिमा सहभागी हुन योग्य संस्थागत लगानीकर्तालाई नेप्सेको आह्वान

२१ वैशाख, काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले योग्य संस्थागत लगानीकर्ताहरुको दर्ता तथा नवीकरणसम्बन्धी सूचना जारी गरेको छ। नेपाल धितोपत्र बोर्डबाट अनुमतिपत्र प्राप्त गरेका योग्य संस्थागत लगानीकर्ताहरुले बुक बिल्डिङ्ग विधिमा सहभागी हुनका लागि यथाशीघ्र नेप्सेमा दर्ता गराउन अनुरोध गरिएको हो ।

सूचनाअनुसार नयाँ दर्ताका लागि १० हजार शुल्क निर्धारण गरिएको छ भने वार्षिक नवीकरण शुल्क ५ हजार तोकिएको छ। दर्ता तथा नवीकरणका लागि आवश्यक रकम ग्लोबल आइएमई बैंक लिमिटेडको कमलादीस्थित खातामा जम्मा गर्नुपर्नेछ।

प्रकाशित मिति : May 4, 2026 at 5:02 pm