नेपाल दलित संघका अध्यक्ष विश्वकर्माले दिए राजीनामा
२१ वैशाख, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माले राजीनामा दिनुभएको छ । विश्वकर्माले पारिवारिक एवं शारिरिक समस्याको कारण देखाउँदै राजीनामा दिनुभएको हो ।
सभापति गगन कुमार थापालाई सम्बोधन गर्दै पत्र लेखेका विश्वकर्माले संघका अन्य गतिविधिमा सक्रिय रहने जनाउनुभएको छ । निवर्तमान सभापति शेरबहादुर देउवाले उहाँलाई २०८० असोज १३ गते दलित संघको केन्द्रीय अध्यक्षमा नियुक्त गर्नुभएको थियो ।

प्रकाशित मिति : 16:28









