३४ अंक घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट
२१ वैशाख, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । सोमबार नेप्से ३४.६३ अकंले घटेर २७०४.०८ बिन्दुमा कायम भएको छ । आज ३४१ कम्पनीको १ करोड ७४ लाख ५२४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँको कारोबार भएको हो ।
सोमबार २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० कम्पनीको घटेको हो । २ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको हो । आज एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको सर्वाधिक काराेबार भएकाे छ । यस दिन कम्पनीकाे ३१ करोड ३६ लाख रुपैयाँमाथिको सेयर किनबेच भएको छ।
फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा यस दिन सकारात्मक सर्किट लागेकाे छ । कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य यस दिन सर्वाधिक १२.५८ प्रतिशत घटेको छ।
प्रकाशित मिति : 15:22









