सोमबार यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
२१ वैशाख, काठमाडौं । साताको पहिलो कारोबारको दिन सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । सोमबार नेप्से ३४.६३ अकंले घटेर २७०४.०८ बिन्दुमा कायम भएको छ । आज ३४१ कम्पनीको १ करोड ७४ लाख ५२४ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २६ करोड ५३ लाख ९० हजार रुपैयाँको कारोबार भएको हो ।
सोमबार २७ कम्पनीको सेयर मूल्य बढेको छ भने २४० कम्पनीको घटेको हो । २ कम्पनीको सेयर मूल्य यस दिन स्थिर रहेको हो । सोमबार कर्पोरेट डेभलपमेन्ट बैंकको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य यस दिन १२.५८ प्रतिशतले घटेको छ । त्यसैगरी, यस दिन माइखोला हाइड्रोपावरको सेयर मूल्य ८.५९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : 15:14









