थानेश्वर गौतमको नेतृत्वमा ॐ रागमाला ब्याण्ड सार्वजनिक
२१ वैशाख, कपिलवस्तु । पवित्र भूमि लुम्बिनीको आशीर्वाद बोकेको ऐतिहासिक जिल्ला कपिलवस्तु शनिबार साँझ सांगीतिक आध्यात्मिकताको दिव्य प्रकाशले झलमल्ल थियो । शान्तिका दूत भगवान् बुद्धको २५७० औँ जयन्तीको पावन अवसरमा “विश्व शान्तिका लागि सङ्गीत” भन्ने मूल नारासहित आयोजित भव्य सांगीतिक कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।
उद्योग वाणिज्य सङ्घ कृष्णनगर कपिलवस्तु , चेम्बर अफ कमर्स कपिलवस्तु र कोहिनूर ग्रेनाइट उद्योगको संयुक्त आयोजनामा लुम्बिनी ग्रीन रिसोर्ट, चन्द्रौटामा सम्पन्न उक्त कार्यक्रममा हजारौँ दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो । कार्यक्रम सुरु हुनुअघि नै स्थल दीपमालाले झिलिमिली बनेको थियो । शान्ति, प्रेम र सद्भावको सन्देश बोकेका ब्यानर र सजावटले वातावरणलाई अझ पवित्र बनाएको थियो ।
कार्यक्रमको औपचारिक शुभारम्भ हजारौँ दीप प्रज्वलनसहित गरिएको थियो। विभिन्न धर्म, समुदाय तथा क्षेत्रका प्रतिनिधिहरूले संयुक्त रूपमा दीप प्रज्वलन गर्दै विश्व शान्तिको कामना गरेका थिए । दीपको उज्यालोले पूरा परिसर आलोकित बनेको दृश्य अत्यन्त मनमोहक र भावनात्मक देखिन्थ्यो । सहभागीहरूले यस क्षणलाई “आध्यात्मिक अनुभूति” का रूपमा वर्णन गरेका थिए ।

बुद्ध जन्म जयन्तिको अवसर पारी सामुहिक सांगितिक समूह ॐ रागमाला ब्याण्डको प्रस्तुति गरेको थियो । गायक, संगीतकार तथा शोधकर्ता थानेश्वर गौतमको नेतृत्वमा प्रस्तुत गरिएको सांगीतिक साधनाले लोक, शास्त्रीय र आध्यात्मिक सुरहरूको अद्भुत समन्वय प्रस्तुत गरेको थियो ॐ रागमाला ब्याण्डको विधिवत उद्घाटन नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले हारमोनियम बजाएर शुरुवात गरेका थिए । पशुपतिनाथ आरती भजनबाट प्रारम्भ गरिएको प्रस्तुति क्रमशः आमा म त फर्केर आएंंखरानीबाट उठेर आएं गीत गाऊंदा गीत गाउँदा सबैको आँखाबाट आँसु रोकिएको थिएन ।लोकधुन, गजल तथा समकालीन गीततर्फ अघि बढेको कार्यक्रम विभिन्न कलाकार हरूले आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।
तबला, बाँसुरी, गिटार, ड्रम,कीबोर्ड, बेस गिटार तथा भ्वाइलिनको संयोजनले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । कोरस तथा नृत्य कलाकारहरूको सहभागिताले कार्यक्रमलाई अझ भव्य र जीवन्त बनाएको देखिन्थ्यो । दर्शकहरू भावविभोर भई ताली र मोबाइल बालेर समर्थन जनाइरहेका थिए ।
कार्यक्रमले साँगेतिक क्षेत्रमा थप नयाँ अध्याय विस्तार गरेको भन्दै रागमाला समूहलाई विशिष्ट अतिथीका रुपमा कार्यक्रम आएका प्रहरी महानिरिक्षक दान बहादुर कार्कीले थप अगाडि बढ्न शुभकामना दिएका थिए । त्यस्तै कार्यक्रम केवल मनोरञ्जनमा सीमित नभई शान्ति, करुणा र मानवताको प्रवाह गर्ने उद्देश्यमा केन्द्रित रहेको यस कार्यक्रमले “सङ्गीतमार्फत विश्व शान्ति” छर्ने कार्यक्रमका सभापति तथा कार्यक्रम संयोजक रितेश शर्माले बताउदै धर्म रक्षा र द्वन्दको अन्त्यको लागि आफुले सकेको गर्ने सामूहिक प्रतिज्ञासहित कार्यक्रमको समापन गरेका थिए । सहभागीहरूले सांस्कृतिक एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउने यस्ता कार्यक्रमहरू समयको आवश्यकता भएको बताएका थिए ।रागमालाको तर्फदेखि रितेश शर्मालाई सांस्कृतिक सद्भाव सम्मान प्रदान समेत गरिएको थियो।

कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरू, उद्योगपति, समाजसेवी, सांस्कृतिक अभियन्ता तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थिया े। लुम्बिनी प्रदेशका प्रहरी प्रमुख देखी उक्त क्षेत्रका प्रतिनिधिहरू तथा भारतबाट समेत केही अतिथिहरूको उपस्थिति रहेको आयोजकले जानकारी दिएको छ । यसले कार्यक्रमलाई अझ अन्तर्राष्ट्रिय आयाम प्रदान गरेको थियो ।
कार्यक्रमको अन्त्यमा नेपालदेखि विश्वसम्म शान्ति, अध्यात्म र सांगीतिक चेतनाको सन्देश फैलाउने उद्देश्यसहित “ॐ रागमाला सङ्गीत यात्रा” लाई निरन्तर अघि बढाइने घोषणा गरिएको थियो । साँगेतिक समूहका अनुसार आगामी दिनहरूमा देश–विदेशका विभिन्न मञ्चहरूमा यस कार्यक्रमको प्रस्तुति गरिनेछ
यो रागमाला यात्राको सारथी होण्डा रहेको छ ।
हजारौँ दीपको उज्यालो, राग र भक्ति गुञ्जिएको वातावरण र दर्शकहरूको उत्साहजनक सहभागितासहित सम्पन्न उक्त कार्यक्रमले कपिलवस्तुमा एक ऐतिहासिक सांगीतिक अध्याय थप गरेको छ । “नेपालदेखि विश्वसम्म — सङ्गीत, शान्ति र अध्यात्मको यात्रा” भन्ने मूल सन्देशलाई आत्मसात् गर्दै ॐ रागमाला ब्याण्डले भव्य रूपमा कार्यक्रम सम्पन्न गरेको छ ।

प्रकाशित मिति : 13:50









