२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

रास्वपाको उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

२० वैशाख, काठमाडौं । स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवार हुन चाहने पार्टी सदस्यहरूले क्याण्डिडेट क्लब र लिडरसीप एकेडमीबाट उतिर्ण हुनैपर्ने बाध्यकारी नियम ल्याएको छ।

आइतबार बसेको सचिवालय बैठकले आगामी स्थानीय तह निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार हुन क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने निर्णय गरेको हो ।

 रास्वपाको यसअघिको बैठकले क्याण्डिडेट क्लब र लिडरसीप एकेडमीलगायत उम्मेदवार छनोटको रूपरेखा तयार पार्न पार्टी सहमहामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कार्यदल बनाएको थियो। कार्यदलले आइतबार पार्टी सभापतिलाई रूपरेखाको मस्यौदा हस्तान्तरण गरिसकेको छ।

प्रकाशित मिति : 15:31