साढे १५ करोडको आईपीओ निष्काशन गर्दै केटिएम हस्पिटालिटी
२० वैशाख, काठमाडौं। केटिएम हस्पिटालिटीले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासनको माग गर्दै धितोपत्र बोर्डमा निवेदन दिएको हो ।
कम्पनीले १०० रुपैयाँ अंकित दरमा १५ करोड ५० लाख रुपैयाँ बराबरको कुल १५ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्न बोर्डमा निवेदन दिएको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ रहेको छ ।
प्रकाशित मिति : 14:59









