२० बैशाख २०८३, आइतबार | Sun May 3 2026

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गछौँः संयोजक दाहाल

२० वैशाख, रुकुम पश्चिम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले क्रान्तिको सपना अझै पूरा नभएको बताउनुभएको छ ।

आज मुसिकोट नगरपालिका–१० खर्सुपानीमा आयोजित सहिद कामी बुढा स्मृति पार्क उद्घाटन कार्यक्रममा उहाँले सबै कम्युनिस्टहरू एकताबद्ध भएर क्रातिको सपना पूरा गरिने बताउनुभयो ।

“हामी समाजवादको यात्रामा अगाडि बढ्ने भनेर लागिरहेका छौँ, त्यसका लागि विभिन्न कम्युनिस्ट समूह एकताबद्ध भएर समाजवादको एउटा नयाँ यात्रा सुरु गर्न नेकपा बनाएका छौँ । अब बाँकी रहेका कम्युनिस्टलाई पनि एकताबद्ध गर्छौं”, संयोजक दाहालले भन्नुभयो ।

उहाँले पछिल्ला उपलब्धिलाई थप व्यवस्थित गर्न शान्ति सम्झौता र संविधानसभा पक्षधर सबै राजनितिक दललाई मिलाएर अगाडि बढाइने बताउनुभयो ।

प्रकाशित मिति : 14:40