१० असार २०८३, बुधबार | Wed Jun 24 2026

नर्थ सिटी मल्टिप्रपोजले आईपीओ निष्काशन गर्ने

२० वैशाख, काठमाडौं । नर्थ सिटी मल्टिप्रपोज लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्न जेठ ११ गते काठमाडौंको टोखा–१० स्थित कम्पनीको कार्यालयमा दिउँसो ३ बजे प्रथम वार्षिक साधारणसभा बोलाएको छ।

उक्त सभाले पूँजी वृद्धि पश्चात कायम हुने जारी पूँजीको २० प्रतिशतले हुन आउने रकम बराबरको प्रारम्भिक सार्वजनिक निष्काशन ९आईपीओ० को निमित्त नियामक निकायसँग स्वीकृतिका लागि पेश गर्न र सो सम्बन्धी सम्पूर्ण कार्यहरू गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

साथै गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति गर्ने, सञ्चालक समितिको निर्वाचन गर्ने, उच्च पदस्थ कर्मचारीहरूको भत्ता तथा सेवा सुविधा निर्धारण गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्नेछ।

प्रकाशित मिति : May 3, 2026 at 12:50 pm