१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

यति ब्रुअरीले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्ने

१८ वैशाख, काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्ने भएकाे छ । कम्पनीले बुक विल्डिङ्ग विधिबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित जेठ २ गते नक्सालस्थित रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको छ।

उक्त सभाले बुक विल्डिङ्ग विधि मार्फत धितोपत्रको प्रारम्भिक सार्वजनिक निकाष्शन (आईपीओ) गर्ने, आईपीओ निष्काशन पश्चात् प्राप्त हुने पूँजीको उपयोग सम्बन्धमा निर्णय गर्ने र त्यसका लागि आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति : May 1, 2026 at 2:02 pm