१३५ रुपैयाँमा नै मुक्तिनाथ विकास बैंकको १ लाख कित्ता सेयर बिक्रीमा
१८ वैशाख, काठमाडौं। मुक्तिनाथ विकास बैंक लिमिटेडले साढे १ लाख कित्ता बढी सेयर बिक्रीमा राखेको छ । कम्पनीले आजदेखि १ लाख ५६ हजार २८३ कित्ता सेयर बिक्रीमा राखेको हो । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १३५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिदा सम्पूर्ण कित्ताका लागि दिनुपर्नेछ ।
यो सेयर खरिदका लागि जो सुकै व्यक्ति तथा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताले आगामी जेठ १ गतेभित्र मुक्तिनाथ क्यापिटलको कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ ।
प्रकाशित मिति : 11:43









