११ जेष्ठ २०८३, सोमबार | Mon May 25 2026

बीमा सर्भेयर सम्बन्धी निर्देशिका जारी

१७ वैशाख, काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयर सम्बन्धी निर्देशन, २०८३ जारी गरेको छ। बीमा सर्भेयरको काम व्यवस्थित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई सर्भेयरको व्यवसायिक निष्ठा, पारदर्शिता र जवाफदेहिता सुनिश्चित गरी क्षतिको वास्तविक र न्यायोचित मूल्यांकन गर्न निर्देशन जारी गरिएको हो।

यदि ऐन, नियमावली, निर्देशन र प्रचलित काूननबमोजिम पेश गर्नुपर्ने विवरण कागजात पेश नगरेमा प्राधिकरणले बीमा सर्भेयरको इजाजतपत्र दिनमा रोक लगाउनेछ ।

साथै निवेदकले कर चुक्ता प्रमाणपत्र पेश नगरेमा, कालो सूचिमा परेको भएमा, संचालक एवं मुख्य व्यवस्थापक सर्भेयरको कार्य गर्न प्रचलित कानून बमोजिम सक्षम नदेखिएमा, प्राधिकरणले ऐन तथा नियमावली बमोजिम कारबाही गरेको व्यक्ति त्यसरी कारबाही गर्ने निर्णय भएको मितिले ३ वर्षको अवधि पूरा नभएमा लाइसेन्स नदिने प्राधिकरणले जनाएको छ ।

निर्देशिका अनुसार बीमा सर्भेयरले ऐनको दफा ९३ बमोजिमको दायित्व पालना नगरेको कारणले सो हैसियतमा रही कार्य गर्न अयोग्य देखिएमा वा बीमितलाई हानी नोक्सानी भएको प्रमाणित भएमा निजको इजाजतपत्र नवीकरण गरिने छैन ।

प्रकाशित मिति : April 30, 2026 at 5:44 pm