१२ जेष्ठ २०८३, मंगलबार | Wed May 27 2026

उपकार लघुवित्तले बोलायो साधारणसभा, हकप्रद निष्काशनको प्रस्ताव पारित हुने

१७ वैशाख, काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। वैशाख १६ गते बसेको सञ्चालक समितिको बैठकले जेठ १० गते बाँकेको कोहलपुरस्थित होटल सेन्ट्रल प्लाजामा बिहान ११ बजे सातौं वार्षिक साधारणसभा बोलाएको हो ।

सभाले संस्थाको चुक्ता पूँजी वृद्धिको लागि हकप्रद सेयर जारी गर्न, अन्य लघुवित्तसँग मर्जरमा जान तथा सोसम्बन्धी आवश्यक कार्य गर्न र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ।

त्यसैगरी गत आर्थिक वर्षको वार्षिक र लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह लगायतका विवरणहरू पारित गर्ने, चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने र सञ्चालक समितिबाट नियुक्त भएका सञ्चालकको बाँकी कार्यकाल अनुमोदन गर्नेछ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले वैशाख ३० गते एक दिनका लागि बूक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरू मात्रै सभामा भाग लिन सक्नेछन्।

प्रकाशित मिति : April 30, 2026 at 12:09 pm