सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु हुन्छः सभापति लामिछाने
१६ वैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि चाँडै छानबिन प्रक्रिया सुरु भएको बताउनुभएको छ । बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे ।
निवर्तमान गृहमन्त्रीले अरुलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएकाे जनाउँदै उहाँले कस्तो छानबिन हुने भन्नेबारे पनि चाँडै जानकारी गराउने बताउनुभएकाे छ ।
‘मलाई लाग्छ निवर्तमान गृहमन्त्री सुधन गुरुङमाथि छानबिनको प्रक्रिया चाँडै सुरु हुन्छ । कस्तो छानबिन हुन्छ भन्ने कुरा पनि जानकारी गराउँछौं,’ लामिछानेले भन्नुभयाे, ‘उहाँले म माथि पनि छानिबन होस्, अरुलाई जस्तै मलाई पनि छानबिन गरियोस् भन्नुभएको छ । उहाँमाथि कुन प्रक्रियाबाट छानबिन हुने भन्ने कुरा चाँडै हुन्छ ।’
प्रकाशित मिति : 16:50









