सेयर बजारमा दोहोरो अंकको गिरावट, ४ अर्ब ९८ करोडको कारोबार
१६ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से २५.८१ अंकले घटेर २७४४.४५ को बिन्दुमा बन्द भएको छ । आज ३० कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मुल्य यस दिन स्थिर रहेको छ ।
आज ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको कारोबार भएको हो । बुधबार रिलायन्स स्पिनिङ मिल्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २४ करोड १९ लाख ६३ हजार रुपैँया बराबरको कारोबार भएको छ ।
१० प्रतिशत केबिएल डिबेञ्चरको सेयर मूल्य यस दिन सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ११.४६ प्रतिशतले घटेको छ । कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य यस दिन सर्वाधिक १३.८१ प्रतिशतले बढेकाे छ ।
प्रकाशित मिति : 15:25









