बुधबार यी कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक
१६ वैशाख, काठमाडौं । साताको तेस्रो कारोबारको दिन बुधबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बुधबार नेप्से २५.८१ अंकले घटेर २७४४.४५ को बिन्दुमा बन्द भएको छ । आज ३० कम्पनीको सेयर मूल्य बढेको छ भने २३५ कम्पनीको सेयर मूल्य घटेको छ । ४ कम्पनीको सेयर मुल्य यस दिन स्थिर रहेको छ ।
आज ३५१ कम्पनीको १ करोड २१ लाख ३४ हजार कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ९८ करोड ६२ लाख रुपैयाँको कारोबार भएको हो । १० प्रतिशत केबिएल डिबेञ्चरको सेयर मूल्य यस दिन सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ११.४६ प्रतिशतले घटेको छ । त्यसैगरी, शिखर पावर डेभलपमेन्टको सेयर मूल्य ९.९२ प्रतिशत, पाल्पा सिमेन्टको सेयर मूल्य ७.७९ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : 15:16









