३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026

सरकारले ल्याएका अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई प्रतिपक्षी दलहरूको आग्रह

१६ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षीसहित प्रतिपक्षी दलहरूले अध्यादेशहरू जारी नगर्न राष्ट्रपति रामचन्द्र पौडेललाई आग्रह गरेका छन्।नेपाली कांग्रेस, नेकपा एमालेलगायत चार विपक्षी दलले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै सरकारले सिफारिस गरेका अध्यादेश स्वीकृत नगर्न राष्ट्रपतिसमक्ष आग्रह गरेका हुन् ।

आइतबार नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेको अध्यक्षतामा बसेको विपक्षी दलहरूको संयुक्त बैठकले सरकारको कदमलाई असंसदीय र अलोकतान्त्रिक ठहर गरेको छ ।

प्रतिपक्षी दलहरूको बैठकमा कांग्रेस संसदीय दल नेता आङ्देम्बे, प्रमुख सचेतक बासना थापा, नेकपा एमालेका संसदीय दल नेता रामबहादुर थापा बादल, नेकपाका प्रमुख सचेतक युवराज दुलाल र राप्रपाकी सांसद सरस्वती लामा सहभागी हुनुहुन्थ्याे ।

प्रकाशित मिति : April 29, 2026 at 2:21 pm