कांग्रेस प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई
१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनयन गरिएको छ ।संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रमुख सचेतकमा थापा र सचेतकमा राईलाई मनोनयन गर्नुभएकाे हाे ।
कांग्रेस संसदीय दलको विधान (संशोधन तथा परिमार्जन सहित, २०८३) को धारा १३ (२) बमोजिम मुख्य सचेतकमा थापा र धारा १३ (३) बमोजिम सचेतकमा राईलाई मनोनयन गरिएको संसदीय दलको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति : 13:18









