१६ बैशाख २०८३, बुधबार | Wed Apr 29 2026

आत्मनिर्भर लघुवित्तको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

१६ वैशाख, काठमाडाैं। आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा कम्पनीले ४ करोड ८४ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १२५.८४ प्रतिशतले बढी हाे। अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले २ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्ममा १० करोड ९८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११.३५ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म संस्थाले ९ करोड ८६ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।

 समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन १ अर्ब ९ करोड र कर्जा प्रवाह १ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म १५.०८ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ११.१७ प्रतिशत पुगेको छ  । यस्तै कम्पनीकाे प्रतिसेयर आम्दानी ६१.८७ रुपैयाँ रहेकाे छ ।

प्रकाशित मिति : 11:34