पाँच वर्ष पुरानो नगद लाभांश बुझिलिन सेयरधनीलाई बोटलर्स नेपाल तराईको आग्रह
१६ वैशाख, काठमाडाैं। बोटलर्स नेपाल (तराई) लिमिटेडले पाँच वर्षभन्दा पुरानो नगद लाभांश बुझिलिन सेयरधनीलाई आग्रह गरेको छ।कम्पनीको आर्थिक वर्ष २०७५/७६ सम्बन्धी ३३औँ वार्षिक साधारण सभाबाट पारित लाभांशमध्ये केही सेयरधनी तथा हकवालाहरूले हालसम्म पनि भुक्तानी नलिएको कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार पाँच वर्षभन्दा बढी समय बितिसक्दा पनि उक्त लाभांश रकम अभिलेखमा भुक्तानी हुन बाँकी रहेको देखिएको छ। यस सम्बन्धमा कम्पनीले सेयर रजिष्ट्रार नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको नारायणचौर नक्साल, काठमाडाैंस्थित कार्यालयमा सम्पर्क गरी आवश्यक परिचयपत्रसहित एक महिनाभित्र लाभांश बुझिलिन आग्रह गरेको छ।
साथै, उक्त समयसम्म सम्बन्धित सेयरधनी वा हकवालाले नगद लाभांश बुझिलिन सम्पर्क नगरे बाँकी रहेको लाभांश रकम कम्पनी ऐन २०६३ बमोजिम लगानीकर्ता संरक्षण कोषमा जम्मा गरिने जानकारी दिएको छ।
प्रकाशित मिति : 10:15









