१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

फाइनान्स कम्पनीको नाफा ७० करोड ४० लाख, कुनको कति ?

१५ वैशाख, काठमाडौं । फाइनान्स कम्पनीहरुको वित्तीय अवस्थामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अवधिसम्मको विवरण अनुसार ९ महिनामा फाइनान्स कम्पनीहरुले ७० करोड ४० लाख ४६ हजार रुपैयाँ नाफा आर्जन गरेका छन् ।

 यो नाफा गत आवको सोही अवधिसम्मको तुलनामा २७१.२२ प्रतिशत बढी हो । गत आवको सोही अवधिसम्म फाइनान्स कम्पनीहरुले १८ करोड ९६ लाख रुपैयाँ नाफा कमाएका थिए ।

सो अवधिसम्म १२ फाइनान्स कम्पनी नाफामा छन् भने ३ कम्पनी मात्रै घाटामा छन् । गत आवको सोही अवधिसम्म भने ५ कम्पनीले घाटा ब्यहोरेका थिए ।

सो अवधिसम्म सबैभन्दा बढी मन्जुश्री फाइनान्सले २१ करोड ८९ लाख रुपैयाँ नाफा कमाएको छ । यो नाफा गत आवको तुलनामा २७.९३ प्रतिशत बढी हो । गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ करोड २१ लाख रुपैयाँ ऋणात्मक रहेको गोर्खाज फाइनान्सले यो अवधिमा १२ करोड ९४ लाख ७४ हजार रुपैयाँ नाफा कमाएको छ ।

गुडबिल फाइनान्सले सर्वाधिक नाफा वृद्धि गरेको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीको नाफ ५६५ प्रतिशतले बढेर १० करोड १३ लाख रुपैयाँ पुगेको हो ।

यो अवधिमा पोखरा फाइनान्सको नाफा १.५२ प्रतिशतले बढेर ७ करोड ३० लाख पुगेको छ ।  गत वर्षको ९ महिनामा ७ करोड ५२ लाख रुपैयाँ ऋणात्मक रहेको बेष्ट फाइनान्स चालु आर्थिक वर्षको सोहि अवधिमा ५ करोड ८७ लाख रुपैयाँ ऋणात्मक देखिएको हो ।

साथै, यो हवधिमा गुहेश्वरी मर्चेन्टको नाफा ४ करोड ५५ लाख, रिलायन्स फाइनान्सको नाफा ३ करोड ७९ लाख, सेन्ट्रल फाइनान्सको नाफा ३ करोड ६९ लाख, श्री इन्भेष्टमेन्ट फाइनान्सको नाफा २ करोड ५३ लाख, मल्टिप्रपोज फाइनानसको नाफा ५३ लाख र समृद्धि फाइनान्सको नाफा ७ लाख रहेको हो ।

३ कम्पनीको नाफा भने ऋणात्मक रहेको छ । प्रोगेशिभ फाइनान्सको नाफा २ करोड ४७ लाख, जानकी फाइनान्सको नाफा २ करोड ९० लाख र नेपाल फाइनान्सको नाफा ७ करोड ८६ लाख रुपैयाँ ऋणात्मक रहेको छ ।

प्रकाशित मिति : 17:37