प्रोफेसनल होल्डिङ्स्को २०औँ वार्षिक साधारण सभा सम्पन्न, ५२ प्रतिशत लाभांश पारित
१५ वैशाख, काठमाडौं । प्रोफेसनल होल्डिङ्स् लिमिटेड (साविक प्रोफेसनल एजुकेटर्स लिमिटेड)का शेयरधनीहरुको २०औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
कम्पनीले आफ्नो सभा चैत्र २८ गते दिउँसो २:०० बजे ग्लोबल कलेज, बानेश्वर, काठमाडौंमा कुल शेयरधनीमध्ये ८२.३४ प्रतिशतको गरिमामय उपस्थितिमा सम्पन्न गरेके हो ।
उक्त सभाले कम्पनीको आ.व. २०८१/८२ का लागि संचालक समितिको प्रतिवेदन एवं लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०८१/८२ वार्षिक बार्षिक विवरण (२०८२ आषाढ मसान्तसम्मको वालसात र सोही मितिमा समाप्त आर्थिक वर्षको आय, व्यय विवरण, नाफा नोक्सान हिसाब, नगत प्रवाह विवरण र सो संग सम्बन्धित अनुसूचीहरु) पारित गरेको छ ।
उक्त साधारण सभाले आ.व. २०८२।०८३ मा यस कम्पनीको लेखा परिक्षण गर्नका लागि NBSM and Associates Chartered Accountant Firm लाई लेखापरीक्षकमा नियुिक्त गरी निजको पारिश्रमिक निधारण गरेको छ ।
सभाले शेयरधनीहरूका लागि हाल कायम चुक्ता पूँजीको ५०% बोनस शेयर र सो बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि २.६३१६% नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ । बोनस शेयर जारी पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा हुने वृद्धिलाई समेत सभाले अनुमोदन गरी कम्पनीको प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव पारित गरेको छ ।
सभाले कम्पनीको जारी पूँजीको निश्चित प्रतिशत शेयर सर्वसाधारणमा निष्कासन गर्ने र सो सम्बन्धमा आवश्यक सम्पूर्ण कानुनी तथा प्रशासनिक प्रक्रियाहरू पूरा गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने विशेष प्रस्ताव पारित गरेको छ । यस निर्णयसँगै संस्थाले सर्वसाधारणमा शेयर निष्कासन –आइपीओ) गर्ने प्रक्रियालाई औपचारिक रूपमा अगाडि बढाउँदै भविष्यका लागि नयाँ मार्ग प्रशस्त गरेको छ ।
साथै, कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरूमा खर्च गर्ने गरी अनुदान प्रदान गर्ने लगायत अन्य विविध सामान्य तथा विशेष प्रस्तावहरू समेत सभाद्वारा परित भएको छ ।
प्रकाशित मिति : 16:04









