१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

सरकारद्वारा दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस

१५ वैशाख, काठमाडौं । सरकारले दुई वटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिसमक्ष सहकारी र संवैधानिक परिषद् सम्बन्धी दुई वटा अध्यादेश जारी गर्न सिफारिस गरेको हो ।

राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले ती अध्यादेशहरू अध्ययनमा रहेको बताउनुभयाे ।

प्रकाशित मिति : 15:23