१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

आज यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?

१५ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्स २६.१६ अंकले घटेर २७७०.२६ को बिन्दुमा बन्द भएको छ। यस दिन ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज ३४९ कम्पनीको १ करोड ४० लाख १३ हजार १६७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड ८० लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

आज पाल्पा सिमेन्ट इन्डष्ट्रिको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ५८ करोड ३३ लाख ४० हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ ३४ करोड ६८ लाख २५ हजार, कर्पोरेट डेभलपमेन्ट बैंकको ३० करोड २८ लाख १४ हजार रुपैँया र सोलु हाइड्रोपावरको २८ करोड १२ लाख २२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:17