१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा नकारात्मक सर्किट, यी कम्पनीले गुमाए सर्वाधिक

१५ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबारको दिन मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । मंगलबार नेप्स २६.१६ अंकले घटेर २७७०.२६ को बिन्दुमा बन्द भएको छ। यस दिन ४२ कम्पनीको सेयर मूल्य बढेको छ भने २१३ कम्पनीको सेयर मूल्य घटेको छ । यस दिन १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज ३४९ कम्पनीको १ करोड ४० लाख १३ हजार १६७ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ५२ करोड ८० लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा यस दिन नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १४.९९ प्रतिशतले घटेको छ । त्यसैगरी, रिज लाइन इनर्जीको १०.२७ प्रतिशत, सूर्य कुण्ड हाइड्रोको ९.९४ प्रतिशतले सेयर मूल्य घटेको छ ।

प्रकाशित मिति : 15:11