विकास बैंकको नाफा ४९ प्रतिशतले बढ्यो, कुनको कति ?
१५ वैशाख, काठमाडौं । राष्ट्रिय स्तरका विकास बैंकको नाफामा सुधार आएको छ । हाल सञ्चालनमा रहेको ८ राष्ट्रिय स्तरका विकास बैंकले चालु आर्थिक वर्ष २०८२/०८३ को तेस्रो त्रैमाससम्मको अवधिमा ५ अर्ब ५० करोड ३५ लाख ७४ हजार रुपैयाँ नाफा कमाएका छन् । जुन नाफा गत आर्थिक वर्षको तुलनामा ४९.०४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकहरुको नाफा ३ अर्ब ६९ करोड रुपैयाँ नाफा कमाएकाथिए ।
यस अवधिमा सर्वाधिक नाफा आर्जन गर्ने बैंकमा गरिमा पहिलो नम्बरमा रहेको छ । बैंकले १ अर्ब ४ करोड ८२ लाख रुपैयाँ नाफा कमाएको हो । उक्त नाफा गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४२.९१ प्रतिशतले बढी हो ।
याे अवधिमा मुक्तिनाथ विकास बैंककाे नाफा ३० प्रतिशतले बढेर ९४ करोड २६ लाख रुपैयाँ पुगेको हो । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा ५३.३८ प्रतिशतले बढेर ७८ करोड ८४ लाख, ज्योति विकास बैंकको नाफा १०५ प्रतिशतले बढेर ६२ करोड ९४ लाख र कामना सेवा विकास बैंकको नाफा १९.३७ प्रतिशतले बढेर ५८ करोड ८६ लाख रुपैयाँ पुगेको हो ।
याे अवधिमा सर्वाधिक नाफा बढाउनेमा लुम्बिनी विकास बैंक अघि रहेको छ । बैंकको नाफा अघिल्लो वर्षको तेस्रो त्रैमाससम्मको अवधिको भन्दा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १०२८ प्रतिशतले बढेर ५६ करोड १६ लाख रुपैयाँ पुगेको हो ।
साथै, सांग्रिला डेभलपमेन्ट बैंकको नाफा ११.५९ प्रतिशतले बढेर ४८ करोड ४५ लाख रुपैयाँ र महालक्ष्मी विकास बैंकको नाफा५.३६ प्रतिशतले बढेर ४५ करोड ९९ लाख रुपैयाँमा कायम भएको छ ।
प्रकाशित मिति : 14:01









