१५ बैशाख २०८३, मंगलबार | Tue Apr 28 2026

स्वरोजगार लघुवित्तले बोलायो विशेष साधारण सभा, यस्ता छन् प्रस्ताव

१५ वैशाख, काठमाडाैं। स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । वैशाख १४ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले आगामी जेठ १ गतेका लागि सभा आह्वान गरेको हो । सभा बनेपामा रहेको पञ्चकन्या ब्याङक्वेटमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।

सभामा स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति (एक्विजिशन) गर्ने सम्बन्धमा भएको डीडीए मुल्यांकनकर्ताको नियुक्ती, निजको पारिश्रमिक तथा प्राप्ति कार्यमा भएको अन्य खर्चहरुको अनुमोदन, शेयर आदान प्रदान दर प्रस्ताव पारीत, प्रारम्भिक समझदारी पत्र, अन्तिम सम्झौता पत्र सम्बन्धमा भएको निर्णयहरुको अनुमोदन लगायत प्राप्ति सम्बन्धी अन्य आवश्यक कार्यहरु गर्न गराउनको लागि संचालक समितिलाई अख्तियारी प्राप्ति कार्य पश्चात बन्ने वित्तीय संस्थाको संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिवर्तन तथा प्राप्ति पश्चात वित्तीय संस्थाको केन्द्रीय कार्यालय स्थानान्तरण सम्बन्धी प्रस्ताव लगायत प्राप्ति (एक्विजिशन)सँग सम्बन्धित आवश्यक अन्य सम्पूर्ण निर्णयहरु पारित हुनेछ ।

साथै, सभामा वित्तीय संस्थाको जारी तथा चुक्ता पूंजी वृद्धी हुने हुँदा सो बमोजिम हुने गरी प्रवन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन वा परिमार्जन गर्ने र सो सम्बन्धमा नियामक निकायवाट कुनै संशोधन वा थपघट गर्न आवश्यक देखी निर्देशन प्राप्त भएमा सो सम्बन्धी कार्य गर्न सञ्चालक समिति वा संचालक समितिले तोकेको पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने, वित्तीय संस्थाको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन र सो संशोधन स्वीकृतिको क्रममा नियमनकारी निकायबाट कुनै विषयमा थप संशोधन गर्न वा भाषिक संशोधन गर्न वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न संचालक समिति वा संचालक समितिले तोकेको पदाधिकारीलाई पूर्ण अख्तियारी प्रदान गर्ने ।

प्रकाशित मिति : 12:25