१४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026

पूँजीबजारमा एनआरएनको लगानी भित्र्याउने सरकारको योजना

१४ वैशाख, काठमाडाैं ।सरकारले पुँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरूलाई प्रवेश गर्न प्रोत्साहित गर्न, गैरआवासीय नेपालीको लगानी भित्र्याउन र सरकारी ऋणपत्र लगायतको ऋणपत्र बजारको विकास गर्न तत्काल कानूनी सुधार गर्नुपर्ने  जनाएको छ । अर्थमन्त्रालयले सोमबार सार्वजनिक गरेको नेपालको वर्तमान आर्थिक स्थितिपत्र सार्वजनिक गर्दै यस्तो विषय अघि सारेको हो ।

‘पुँजी बजारको दायरा विस्तार गर्दै उत्पादनमूलक कम्पनीहरूलाई प्रवेश गर्न प्रोत्साहित गर्न, गैरआवासीय नेपालीको लगानी भित्र्याउन र सरकारी ऋणपत्र लगायतको ऋणपत्र बजारको विकास गर्न तत्काल कानूनी सुधार गर्नुपर्नेछ,’ स्थितिपत्रमा भनिएको छ, ‘दोस्रो बजार करोबारमा पारदर्शिता, विश्वसनीयता र स्थिरता ल्याउनु पनि त्यत्तिकै आवश्यक छ ।’

प्रकाशित मिति : 18:19