मल्टीपर्पस फाइनान्सको नाफा घट्यो, प्रतिसेयर आम्दानी कति ?
१४ वैशाख, काठमाडाैं । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा फाइनान्सले ५३ लाख २३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७५.४१ प्रतिशतले कम हो । गत आवमा फाइनान्सको नाफा २ करोड १६ लाख रुपैयाँ थियो ।
खुद ब्याज आम्दानी ६ करोड ४८ लाख रुपैयाँबाट १८.०९ प्रतिशतले घटेर ५ करोड ३१ लाख रुपैयाँमा झरेको छ । खुद ब्याज आम्दानीमा गिरावट आउनुका साथै सञ्चालन खर्च ४ करोड १५ लाखबाट बढेर ५ करोड २९ लाख रुपैयाँ पुग्दा नाफा घट्न पुगेको हो ।
६१ करोड २ लाख चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ९ करोड ९ लाख रुपैयाँ रहेको छ । वित्तीय विवरण अनुसार फाइनान्सको प्रतिसेयर आम्दानी १.१६ रुपैयाँ, नेटवर्थ ११९.३१ रुपैयाँ रहेको छ ।
प्रकाशित मिति : 13:06









