अविरल हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने
१४ वैशाख, काठमाडौं। अविरल हाईड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । वैशाख १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ १६ गते प्रथम वार्षिक साधारण सभा बोलाएको छ ।
उक्त सभा झापामा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने सम्बन्धी प्रस्तावमाथि छलफल गर्ने र सो सम्बन्धी आवश्यक सम्पूर्ण कार्य गर्न तथा प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै आईपीओबाट प्राप्त रकमको उपयोगका बारेमा निर्णय समेत गरिनेछ ।
प्रकाशित मिति : 10:03









