१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

होण्डाका दुईवटा प्रिमियम सर्भिस सेन्टरको उद्घाटन तथा सेवा विस्तार

१३ वैशाख, काठमाडाैं । नेपालमा होण्डाका ग्राहकहरूलाई अझ उत्कृष्ट र विश्वस्तरीय सेवा प्रदान गर्ने उद्देश्यका साथ पद्म ज्योति ग्रुपअन्तर्गत स्याकार ट्रेडिङ कम्पनीले देशभर नयाँ होण्डा सर्भिस सेन्टरहरू विस्तार गर्ने घोषणा गरेको छ।

कम्पनीले पहिलो चरणमा ६ वटा अत्याधुनिक सेवा केन्द्र सञ्चालनमा ल्याउने योजना सार्वजनिक गरेको छ । यिनका माध्यमबाट ग्राहकहरूलाई अझ सहज, छिटो र गुणस्तरीय सेवा प्रदान गराउने कम्पनीले लक्ष्य राखेको छ।

यस पहलअन्तर्गत, त्रिपुरेश्वरमा रहेको सेवा केन्द्र (पूर्व टेकुबाट स्थानान्तरण गरिएको) तथा कान्तिपथस्थित ज्योति भवनमा रहेका दुईवटा सेवा केन्द्रहरूको औपचारिक उद्घाटन सम्पन्न भएको छ । उक्त उद्घाटन समारोहमा होण्डा मोटरका उपाध्यक्ष तथा हेड अफ रिजनल युनिट (एसिया एण्ड ओसियाना), रिजनल अपरेसन्स् (एसोसिएटेड रिजन्स) का प्रमुख र एसियन मोटरका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत तोसिओ कुवाहाराको प्रमुख आतिथ्य रहेको थियो।

 साथै, स्याकार ट्रेडिङका चेयरम्यान सौरभ ज्योति र भाइस चेयरम्यान सुहृद ज्योतिको समेत उपस्थिति रहेको थियो । स्याकार ट्रेडिङ कम्पनीले होण्डाका ग्राहकहरूका लागि पहिलेकै मूल्यमा प्रिमियम सर्भिसको अवधारणा अगाडि सारेको छ। यस अवधारणाअन्तर्गत ग्राहकहरूले पहिलेकै मूल्यमा उच्चस्तरीय सेवाको अनुभव गर्न सक्नेछन् । कम्पनीले प्रिमियम उपभोक्ता अनुभव र कस्टमर फर्स्ट एप्रोचलाई विशेष प्राथमिकतामा राख्दै सम्पूर्ण सेवा प्रक्रियालाई अझ प्रभावकारी र ग्राहकमैत्री बनाएको जानकारी दिएको छ ।

मुख्य विशेषताहरूः

पहिलेकै मूल्यमा प्रिमियम सर्भिसः यस पहलअन्तर्गत उपभोक्ताले पहिलेकै मूल्यमा उच्चस्तरीय सेवा प्राप्त गर्न सकिनेछ । प्रिमियम कस्टमर एक्सपिरियन्सः यस पहलअन्तर्गत कम्पनीले आफ्ना आदरणीय ग्राहकहरूका लागि सेवा प्रक्रियामा विश्वस्तरीय अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ।

कस्टमर फर्स्ट एप्रोचः कम्पनीले आफ्ना प्रतिनिधिहरूलाई ग्राहकको सुविधा र सन्तुष्टिलाई सदैव पहिलो प्राथमिकतामा राख्न निर्देशन तथा तालिम प्रदान गर्ने जनाएको छ ।

 वर्ल्ड क्लास सर्भिस सेन्टरः आफ्नो लक्ष्य प्राप्तिका लागि कम्पनीले दक्ष र प्रशिक्षित मेकानिक्सद्वारा सेवा प्रदान गर्ने तयारी गरेको छ ।

थ्रीएस सुविधाः शोरुम, सर्भिस एण्ड जेन्युन पार्ट्स एकै छानामुनि उपलब्ध गराई उपभोक्तालाई सहजताका साथै विश्वस्तरीय सेवा अनुभव प्रदान गर्ने कम्पनीको उद्देश्य रहेको छ ।

साथै, सेवा लिन आउने ग्राहकहरूका लागि निःशुल्क कोल्ड ड्रिंक्स तथा कफीको व्यवस्था पनि गरिएको जानकारी दिइएको छ ।

थप विशेष पहलहरूः

कम्पनीले सञ्चालनमा ल्याउन लागेका प्रिमियम सर्भिस सेन्टरमा अत्याधुनिक डायग्नोस्टिक उपकरणहरू र डिजिटल सर्भिस ट्र्याकिङ प्रणालीका साथै फास्ट सर्भिस बेजमार्फत कम समयमा गुणस्तरीय सेवा उपलब्ध गराइनेछ।

त्यसैगरी, होण्डाका जेन्युन स्पेयर पार्ट्सको सुनिश्चित उपलब्धता र आरामदायी कस्टमर वेटिङ लाउन्जसहित आधुनि सुविधाहरू पनि उपलब्ध गराइने कम्पनीले जानकारी दिएको छ ।

प्रकाशित मिति : 17:08