मेटलाइफ नेपाल पुग्यो जुम्ला, दुर्गम क्षेत्रमा बीमा पहुँच विस्तार र शिक्षालाई सहयोग गर्दै
१३ वैशाख, काठमाडाैं। मेटलाइफ नेपालले जुम्लामा आफ्नो सेवा औपचारिक रूपमा सुरु गरेको छ । यो कदम नेपालको सबैभन्दा दुर्गम तथा सेवा अभाव भएका क्षेत्रहरूमध्ये एकमा वित्तीय सुरक्षा र बीमा सेवाको पहुँच विस्तार गर्ने दिशामा महत्वपूर्ण कदम भएको कम्पनीले जनाएको छ ।
यो विस्तार कम्पनीको देशभरि, विशेषगरी दुर्गम समुदायसम्म, बीमा सेवा सहज रूपमा पु¥याउने प्रतिबद्धताको एक हिस्सा भएको समेत कम्पनीले उल्लेख गरेको छ ।
जुम्लाका बासिन्दाले भोग्दै आएका विशेष चुनौतीहरू—जस्तै सीमित पूर्वाधार र वित्तीय सेवासम्मको दूरीलाई मध्यनजर गर्दै स्थापना गरिएको स्थानीय एजेन्सी कार्यालयले व्यक्तिगत ग्राहक सेवा प्रदान गर्ने, वित्तीय साक्षरता अभिवृद्धि गर्ने तथा स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने लक्ष्य राखेको छ । यस पहलमार्फत स्थानीय परिवारलाई व्यवहारिक उपकरण र मार्गदर्शन उपलब्ध गराई उनीहरूलाई आर्थिक रूपमा सुरक्षित भविष्य निर्माण गर्न सहयोग पुर्याउने उद्देश्य राखिएको छ ।
जुम्ला समुदायलाई थप सहयोग पुर्याउने उद्देश्यले मेटलाइफ नेपालले सूर्य सामाजिक सेवा समाजसँग सहकार्य गर्दै चन्दननाथ उच्च माध्यमिक विद्यालय र जनता माध्यमिक विद्यालयमा स्मार्ट बोर्ड हस्तान्तरण गरेको छ । यस सहयोगले विद्यार्थीहरूलाई थप आकर्षक र अन्तरक्रियात्मक सिकाइ वातावरण प्रदान गर्नुका साथै शिक्षकहरूलाई आधुनिक कक्षाकोठा प्रविधिसँग सुसज्जित बनाउन महत्वपूर्ण योगदान पुर्याएको कम्पनीको भनाई छ ।
साथै, कम्पनीले स्थानीय युवालाई लक्षित गरी बीमा सम्बन्धी सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ, जसले जिम्मेवार वित्तीय व्यवहार विकास गर्न र दीर्घकालीन वित्तीय योजना बनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
जुम्ला कार्यालय उद्घाटन कार्यक्रममा मेटलाइफ नेपालका महाप्रबन्धक निर्मल काजी श्रेष्ठले भने, ‘जुम्ला एजेन्सी कार्यालयको उद्घाटनले देशका सबैभन्दा दुर्गम समुदायसम्म पनि वित्तीय सुरक्षा पुर्याउने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ। बीमा सेवाको पहुँच विस्तारसँगै, हामी शिक्षामा सहयोग र युवामाझ बीमा सचेतना अभिवृद्धिमार्फत दीर्घकालीन प्रभाव सिर्जना गर्न पनि उत्तिकै प्रतिबद्ध छौं, जसले उनीहरूलाई आर्थिक रूपमा सुरक्षित भविष्य निर्माण गर्न सहयोग पुर्याउँछ।’
प्रकाशित मिति : 14:50









