१३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026

ज्योति विकास बैंकको नाफा बढ्यो, वितरणयोग्य मुनाफा भने ऋणात्मक

१३ वैशाख, काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंकले ६२ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १०५.३० प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३० करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ०.७८ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ५५.३६ प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशतबाट बढेर ७.८३ प्रतिशत पुगेको छ । बैंकको सञ्चालन खर्च ६.३१ प्रतिशतले बढेर ९४ करोड ७९ लाख रुपैयाँ पुगेको छ ।

सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा ४३ करोड ४८ लाख रुपैयाँ ऋणात्मक रहेको छ। ४ अर्ब ३९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब ७८ करोड रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले ६४ अर्ब ४९ करोड निक्षेप संकलन गरी ४७ अर्ब ९८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७९ पैसा बढेर १९ रुपैयाँ ४३ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.४३ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ ४३ पैसा रहेको छ।

प्रकाशित मिति : 09:11