११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

आज रिडी पावरसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

११ वैशाख, काठमाडौं । साताको अन्तिम कारोबारको दिन शुक्रबार सेयर बजारमा झिनो अंकको सुधार आएको छ । शुक्रबार नेप्से १.५४ अंकले बढेर २७८८.७० को विन्दुमा पुगेको छ। आज ३५१ कम्पनीको १ करोड २१ लाख ७४ हजार कित्ता सेयर किनबेच हुँदा ५ अर्ब २७ करोड ३ लाख रुपैयाँको कारोबार भएको हो ।

आज ८७ कम्पनीको सेयर मूल्य बढेको छ भने १६८ कम्पनीको सेयर मूल्य घटेको छ । १४ कम्पनीको सेयर मूल्य स्थिर रहेको हो । आज रिडी पावर कम्पनीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २७ करोड ३८ लाख ४७ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको २४ करोड ९२ लाख ९७ हजार रुपैयाँ, नेशनल हाइड्रोपावरको २४ करोड ४४ लाख ७४ हजार रुपैँया, सोलु हाइड्रोपावरको २३ करोड ७८ लाख रुपैयाँ र आँखुखोला जलविद्युत कम्पनीको २० करोड २९ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

प्रकाशित मिति : 15:21