लेबनान र इजरायल बीचको युद्धविराम तीन हप्ता लम्बाउने ट्रम्पको घोषणा
११ वैशाख, वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनान र इजरायल बीचको युद्ध (विराम थप तीन हप्ताका लागि लम्बाउने घोषणा गर्नु भएको छ ।
राष्ट्रपतिले ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ मार्फत लेबनान र इजरायली कब्जाका वार्ताकारहरू बीच ह्वाइट हाउसमा आयोजित वार्ता उपलब्धि मुलक भएको बताउनु भएको छ ।
लेबनानका राष्ट्रपति जोसेफ अउन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बीच स्थायी शान्ति कायम गर्न छिटै बैठक हुने तयारी भई रहेको पनि ट्रम्पले पुष्टि गर्नु भएको छ ।
ह्वाइट हाउसमा लेबनान र इजरायली कब्जा बीच दोस्रो चरणको प्रत्यक्ष वार्ताको आयोजना गरिएको थियो, जसको उद्देश्य दुई पक्षहरू बीच स्थाई शान्ति सम्झौतामा पुग्नु रहेको बताइएको छ ।
प्रकाशित मिति : 12:21









