११ बैशाख २०८३, शुक्रबार | Fri Apr 24 2026

काबेली इनर्जीले आईपीओ निष्कासन गर्ने

११ वैशाख, काठमाडौं । काबेली इनर्जी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओको प्रस्ताव पारित गर्न १५ औं वार्षिक साधारण सभा बोलाएको छ ।

वैशाख ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी जेठ ३ गते काठमाडाैंको थापाथलीमा रहेको ट्रेड टावरमा अपरान्ह १ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।

 उक्त सभाबाट कम्पनीको आईपीओको प्रस्ताव पारित गर्ने, कम्पनीका कर्मचारीबीच भएको सेयर खरिद बिक्री सम्झौतालाई अनुमोदन गर्ने र कम्पनीको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन गर्ने विशेष प्रस्तावहरु पारित गरिनेछ ।

 कम्पनीले निर्माण गरिरहेको काबेली ए–जलविद्युत निर्माणका लागि आवश्यक पूँजी जुटाउन आईपीओ निष्कासन गर्न लागेको हो । यस्तै सभाबाट गत आवको वार्षिक प्रतिवेदन तथा वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

प्रकाशित मिति : 12:08