आँखुखोला जलविद्युतको नाफा ३ करोड ८३ लाख, विद्युत बिक्री आम्दानी कति ?
११ वैशाख, काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले १७ करोड २४ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३१.९४ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १३ करोड ७ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा १३.८२ प्रतिशत बढेर ३ करोड ८३ लाख रुपैयाँ पुगेको छ। कम्पनीको वित्तीय खर्च भने समीक्षा अवधिमा २३.३१ प्रतिशत घटेको छ। २ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी भने १५ करोड १५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ३१ पैसा बढेर २ रुपैयाँ ५६ पैसा पुगेको छ। चैतको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ९२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात १५७.१४ गुणा रहेको छ।
प्रकाशित मिति : 10:22









