९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

राष्ट्रपति पौडेलद्वारा संसद् अधिवेशन आह्वान

९ वैशाख, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद् बैठक आह्वान गर्नुभएको छ ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा ९१० बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा संघीय संसदको दुवै सदनको अधिवेशन बोलाउनुभएको हो। अधिवेशन वैशाख १७ गते शुक्रबार दिउँसो ४ बजे संघीय संसद भवन, सिंहदरबारमा बस्नेछ।

यो अधिवेशन बजेट अधिवेशन पनि हो । जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षका लागि संसद्‌मा बजेट पेस गर्नुपर्छ ।  बजेटअघि प्रि-बजेट छलफलसमेत हुनेगर्छ ।

 

प्रकाशित मिति : 18:37