नेप्सेमा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत, कुनको कति ?
९ वैशाख, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंक र ग्लोबल आइएमई लघुवित्तको बोनस सेयर सूचीकृत भएको हो ।
नेप्सेमा ग्रीन डेभलपमेन्ट बैंकको ८.०३९६ प्रतिशत बाेनस बापतकाे कुल ४ लाख ५८ हजार १५ कित्ता बोनस सेयर सूचीकृत भएको छ । साथै, ग्लोबल आइएमई लघुवित्तको ४.७५ प्रतिशत बाेनस बापतकाे २ लाख ९३ हजार ९७७ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।
प्रकाशित मिति : 16:45









