गृहमन्त्रीकाे राजीनामाप्रति प्रचण्डले भनेः जे गर्नुभयो, राम्रो गर्नुभयो
९ वैशाख, काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री सुधन गुरुङले पदबाट राजीनामा दिएर राम्रो गरेको टिप्पणी गर्नुभएकाे छ ।
बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले प्रश्न उठेपछि राजीनामा दिएर गृहमन्त्रीले राम्रो गरेको टिप्पणी गर्नुभएकाे हाे ।
गृहमन्त्रीले राजीनामा दिनुभएको बिषयमा के भन्नुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रचण्डले भन्नुभयाे, ‘उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो ।’ गृहमन्त्री गुरुङले बुधबार पदबाट राजीनामा दिनुभएकाे छ ।
प्रकाशित मिति : 16:38









