७ असार २०८३, आइतबार | Sun Jun 21 2026

नेशनल हाइड्रोपावरसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता

९ वैशाख, काठमाडाैं । साताकाे तेस्राे काराेबारकाे दिन बसधबार सेयर बजारमा झिनाे अंककाे गिरावछ अाएकाे छ । बुधबार नेप्से २.९५ अकंले घटेर २८०४.१७ बिन्दुमा कायम भएको छ । बुधबार १२१ कम्पनीको सेयर मूल्य घटेको छ भने १३८ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको हो ।

आज ३४२ कम्पनीको १ करोड ७५ लाख ८८ हजार कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ८१ करोड ३९ लाख रुपैयाँको कारोबार भएको हो । यस दिन नेशनल हाइड्रोपावर कम्पनीको सर्वाधिक काराेबार भएकाे छ ।  यस दिन कम्पनीकाे ४१ करोड ३४ लाख रुपैयाँको सेयर काराेबार भएको छ।

त्यसैगरी, यस दिन रिलायन्स स्पिनिङ्ग मिल्सको ३२ करोड ७८ लाख रुपैयाँ, सोलु हाइड्रोपावरको ३१ करोड ६९ लाख रुपैयाँ, होटल फरेष्ट इनको २८ करोड ५९ लाख रुपैयाँ र एसवाई प्यानलको २६ करोड ८९ लाख रुपैयाँको सेयर किनबेच भएको छ।

प्रकाशित मिति : April 22, 2026 at 3:11 pm