९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

प्रभु इन्स्योरेन्सको साधारण सभा आज, लाभांश पारित हुने

९ वैशाख, काठमाडौं। प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको वार्षिक साधारण सभा आज बस्दै छ । कम्पनीको सभा आज काठमाडौंको तिनकुनेस्थित प्रभु कम्प्लेक्समा रहेको केन्द्रीय कार्यालयमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

सभाबाट कम्पनीको सञ्चालक समितिद्वारा गत आवका लागि प्रस्तावित ८.७० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४५७९ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । साथै, सभामा गत आवको वार्षिक प्रतिवेदन, नगद प्रवाह, नाफा नोक्सान हिसाब लगायतका वित्तीय विवरणमाथि छलफल गरी पारित गरिनेछ ।

कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि गत चैत २६ गते एक दिनका लागि बुक क्लोजको गरिसकेको छ । यसको अर्थ चैत २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउन र सभामा सहभागि हुन सक्नेछन् ।

प्रकाशित मिति : 10:20