मञ्जुश्री फाइनान्सको नाफा बढ्यो, वितरणयोग्य मुनाफा कति ?
९ वैशाख, काठमाडौं । मञ्जुश्री फाइनान्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा फाइनान्सले २१ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.९३ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा फाइनान्सले १७ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
समिक्षा अवधिमा कम्पनीकाे खुद ब्याज आम्दानी १०.२४ प्रतिशतले बढेर ६८ करोड ४७ लाख रुपैयाँ पुगेको छ। साथै, शुल्क तथा कमिशन आम्दानी पनि १०.२४ प्रतिशतले वृद्धि भई ९ करोड २ लाख रुपैयाँ पुगेको छ। यस्तै कम्पनीको सञ्चालन नाफा २९ करोड ३१ लाखबाट बढेर ३२ करोड ३३ लाख रुपैयाँ पुगेको छ।
चैत मसान्तसम्ममा फाइनान्सको वितरणयोग्य मुनाफा ३० करोड ५४ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३० रुपैयाँ १३ पैसा रहेको छ। १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस फाइनान्सको जगेडा कोषमा १ अर्ब ११ करोड ९ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा फाइनान्सले २२ अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी १९ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
कम्पनीको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवमा ४.२० प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ३.९९ प्रतिशतमा झरेको छ । समीक्षा अवधिमा फाइनान्सको प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसा बढेर २१ रुपैयाँ ६० पैसा पुगेको छ। सो अवधिसम्ममा फाइनान्सको मूल्य आम्दानी अनुपात ३८.८४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ २० पैसा रहेको छ।
प्रकाशित मिति : 09:11









