८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

एमालेले माग्यो गृहमन्त्री गुरुङको राजीनामा

८ वैशाख, काठमाडौं । नेकपा (एमाले) ले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गरेको छ । प्रेस संयोजक मीनबहादुर शाहीले विज्ञप्ति जारी गर्दै गृहमन्त्रीसँग सम्बन्धित विषयहरुमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान प्रक्रिया अघि बढाउन माग गर्नुभएकाे छ ।

विज्ञप्तिमा भनिएको छ, ‘गृहमन्त्रीको संलग्नता देखिएका सबै विषयहरूको छानबिन गर्न उच्चस्तरीय संयन्त्र गठन गरी तत्काल अनुसन्धान प्रक्रिया सुरु गरियोस् । साथै, गृहमन्त्री स्वयंले ढिलासुस्ती वा ढाकछोप नगरी अनुसन्धान प्रक्रियालाई सहज, निष्पक्ष र प्रभावरहित बनाउन तुरुन्त मार्ग प्रशस्त गर्न हामी माग गर्दछौँ ।’

प्रकाशित मिति : 17:30