८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

नेप्सेले दियो गिरावटलाई निरन्तरता, कारोबार रकम भने बढ्यो

८ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा पुगेको छ। मंगलबार ४८ कम्पनीको सेयर मूल्य बढेको छ भने २१५ कम्पनीको घटेकोछ । ६ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको हो ।

आज ३४७ कम्पनीको १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। दोल्ती पावर कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ८.७१ प्रतिशत घटेको छ।

सोलु हाइड्रोपावरकाे यस दिन सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३७ करोड ७ लाख ३५ हजार रुपैँया बराबरको कारोबार भएको छ । यस दिन ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सुपर खुदी हाइड्रो, पाल्पा सिमेन्ट, रिज लाइन इनर्जी र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : 15:24