सोलु हाइड्रोपावरसहित यी कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
८ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा पुगेको छ।
आज ३४७ कम्पनीको १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।
सोलु हाइड्रोपावरकाे यस दिन सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको ३७ करोड ७ लाख ३५ हजार रुपैँया बराबरको कारोबार भएको छ । त्यस्तै, रिलायन्स स्पिनिङ मिल्सको ३० करोड १९ लाख ४ हजार, नेशनल हाइड्रोपावरको २३ करोड ४१ लाख ५० हजार रुपैँया, होटल फरेस्ट इनको २२ करोड २३ लाख ४२ हजार रुपैयाँ र एसवाइ प्यानल नेपालको १८ करोड ८ लाख २२ हजार रुपैयाँको कारोबार भएको हो ।

प्रकाशित मिति : 15:21









