८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

४ कम्पनीको सेयरमा सकारात्मक सर्किट, कुनको मूल्य कति बढ्यो ?

८ वैशाख, काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार सेयर बजारमा गिरावट आएको छ । आज नेप्से परिसूचक १७.९१ अंकले घटेर २८०७.३१ विन्दुमा पुगेको छ।

आज ३४७ कम्पनीको १ करोड ३० लाख १९ हजार ५५ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ७७ करोड ४३ लाख १७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिन ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ। सुपर खुदी हाइड्रो, पाल्पा सिमेन्ट, रिज लाइन इनर्जी र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा सकरात्मक सर्किट लागेको छ ।

प्रकाशित मिति : 15:16