८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

कान्छाराम तामाङलाई कांग्रेसले सोध्यो स्पष्टीकरण

८ वैशाख, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले रामेछापका सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) लाई स्पष्टीकरण सोधेको छ।

सानेपामा सोमबार अनुशासन समिति संयोजक तारामान गुरूङको अध्यक्षतामा बसेको बैठकले पूर्व ऊर्जा राज्यमन्त्री समेत रहनुभएका तामाङलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

‘जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वकाविरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकोले निजको सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लघंन भएको देखिएको हुनाले नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा ८ (घ) बमोजिम ३ (तिन) दिन भित्र केन्द्रीय अनुशासन समितिमा स्पष्टीकरण पेश गर्न निर्देशन गर्दछ,’ सचिव दिनेश थापामगरले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित मिति : 12:00