८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026

हिमालयन रिइन्स्योरेन्सको सञ्चालक समिति पुनर्गठन

८ वैशाख, काठमाडाैं । हिमालयन रिइस्न्योरेन्स लिमिटेडको सञ्चालक समिति पुनर्गठन भएको छ। कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले ४ जना सञ्चालकको राजीनामा स्वीकृत गर्दै २ जनालाई नियुक्त गरेको हो।

 बैठकले शेयरधनी समूह ‘क’ का प्रतिनिधित्व गर्दै आउनुभएका अमित मोर, सेयरधनी समूह ‘ख’ को प्रतिनिधित्व गर्दै आउनुभएका राजीव मोर र शुभेच्छा खरेल र स्वतन्त्र सञ्चालक शुभाष कुमार झुनझुनवालाको राजीनामा स्वीकृत गरेको हो।

साथै सोही बैठकले सेयरधनी समूह ‘क’ (कालिका फिन्कोर्प प्रा.लि) को प्रतिनिधिको रूपमा दिपक कुमार मिश्र र स्वतन्त्र सञ्चालकको रूपमा आशिष चन्द्र न्यौपानेलाई आगामी वार्षिक साधारणसभा सम्मका लागि सञ्चालकको रूपमा नियुक्ति गरेको छ।

प्रकाशित मिति : 11:37